
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको मस्यौदालाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मस्यौदा स्वीकृति भएको बताउनुभयो । उक्त मस्यौदामा नेपाल तथा यूके सरकार सरकारबीच (जीटूजी) सम्झौताको प्रस्ताव गरिएको छ।
गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतालाई अघि बढाउन स्वीकृति दिएको थियो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालले यूकेमा १० हजार नर्सहरू पठाउनका लागि पहल गरिरहेको बताउनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

