
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि लगाउन कोभिड–१९ विरुद्धको खोप आइतबार आइपुग्ने भएको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आउन लागेको ८४ लाख डोजमध्ये पहिलो चरणमा आइतबार उक्त खोप आउन लागेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
सरकारले सो उमेर समूहका ३९ लाख बालबालिकालाई असार ९ गतेदेखि खोप दिन सुरु गर्ने भएको छ । पहिलो चरणमा २७ र दोस्रो चरणमा बाँकी जिल्लाका बालबालिकालाई खोप दिइनेछ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

