
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको छ ।
सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम नै स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
डेढ वर्षदेखि स्वास्थ्य सेवा दिएवापतको करिब ८ करोड बढी रकम भुक्तानी दिन बाँकी रहेकाले हालका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरिएको अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ ।
‘हामीले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गर्दापनि सरकारबाट पैसा नआएपछि बाद्य भएर कार्यक्रम स्थगित गरेका हौँ ।’–अधिकारीले भन्नुभयो ।
सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न समेत समस्या भएको उहाँको भनाई छ । हाल शिक्षण अस्पतालमा दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन ।
अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

