
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ ।
ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएको अस्पतालका प्रवक्ता डा. किजन महर्जनले जानकारी दिनुभयो । कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरसको संक्रमण नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो ।
ती युवकको ढाड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता बिबिरा प्रशस्तै रहेकोले ‘मंकीपक्स’ संक्रमणको आशंका गरिएको थियो ।
मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएकाले सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

