
जनस्वास्थ्य सरोकार, काठमाडौ । पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।
पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ । थापाका अनुसार वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आज नै पठाइनेछ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


