
जनस्वास्थ्य सरोकार, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजाका जीवाणु फेला परेको छ।
यही असार २ गते झाडापखालाको लक्षण देखिएर भर्ना भएका १८ र २३ वर्षीयमा हैजाका जीवाणु पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
दुवै बिरामी काठमाडौं महानगर वडा नम्बर २८ बागबजारमा बसोबास गर्दै आइरहेका एकै परिवारका सदस्य भएको जनाइएको छ। काठमाडौंमा हैजा देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकावासीलाई सतर्क रहन र हैजासम्बन्धी कुनैपनि लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ।
त्यसैगरी मन्त्रालयले हैजा सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। हैजा फैलिएर महामारी बन्न सक्ने भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेरको छ।
मन्त्रालयले सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बेलाबेलामा हात सफा गर्न, खानेकुराको सरसफाइ गर्न र खुला रुपमा दिसापिसाब नगर्न अनुरोध गरेरको छ। शौचालयको प्रयोग पछि अनिवार्य साबुन पानीले हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


