जनस्वास्थ्य सरोकार । ‘मानवताका लागि योग’ भन्ने मुल नाराका साथ आठौं अन्तर्राष्ट्रिय योग दिवस २०२२ विभिन्न कार्यक्रम गरी नेपाल लगायत विश्वभर मनाइँदै छ । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

योग प्राकृतिक चिकित्सा विज्ञानको एउटा अभिन्न अङ्ग हो । यसले सबै उमेर समूहका मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ्य राख्न मद्धत गर्छ ।
कुनै रोगबाट ग्रसित वा लामो समयदेखि उपचार गराइरहेका व्यक्तिहरुका लागि योग निकै लाभदायक मानिन्छ ।
फाइदा
योगाभ्यास गर्दा र गहिरो श्वासप्रश्वास गर्दा रक्तसञ्चार बढ्छ । खासगरी ढाडको तल्लो भाग दुख्ने मानिसहरूमा पीडा कम गर्न योग अभ्यास उत्तम उपाय हो । अमेरिकी ‘कलेज अफ फिजिसियन्स’ ले ढाड दुख्ने दीर्घकालीन उपचारका रूपमा योगलाई पहिलो प्राथमिकतामा राख्न सल्लाह दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयका अनुसार, हल्का खालका योग अभ्यासले बाथ (आर्थराइटिस) भएकाकाहरूको कमजोर र सुन्निएको जोर्नीको पीडा कम गर्न मद्दत गर्छ । त्यसैगरी मुटुको समस्या भएका बिरामीलाई पनि योग अभ्यास लाभदायक मानिन्छ ।

नियमित योग अभ्यास गर्दा मानसिक तनाव कम गर्न मद्धत गर्छ । मुटु स्वास्थ्यमा योग लाभदायक मानिन्छ । उच्च रक्तचाप, अत्यधिक वजन नियन्त्रणमा योग महत्वपूर्ण मानिन्छ ।
सुत्ने समयमा हुने नियमित योग अभ्यासले मानसिक सन्तुलन कायम राख्न मद्धत गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
अमेरिकी नेशनल इन्स्टिच्यूट अफ हेल्थले नियमित योगअभ्यासले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, तौल घटाउन र गुणस्तरीय निद्रामा सहयोग पुग्ने प्रमाणित वैज्ञानिक आधारहरू भेटिएको उल्लेख गरेको छ । योग अभ्यासले एक्लोपन, डिप्रेसनलगायतका समस्या हट्ने र कुनै पनि समस्याको सामुहिक निवारण खोज्न उत्प्रेरित गर्छ ।
संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थलगायतले योगको वैज्ञानिक आधारलाई मान्यता दिएका छन् । आर्थराइटिस (वाथ), ओस्टियोपेनिया, क्यान्सर, आदिमा योगले लाभ पुग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
विश्व स्वास्थ्य संगठनले उच्च रक्तचाप, मस्तिष्कघात, हृदयघात र मधुमेह जस्ता प्राणघातक रोगको जोखिम कम गर्न योगको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम क्षेत्रपाल सिंहका अनुसार, यी समस्याले दक्षिण पूर्वी एसियामा मात्र वर्षेनी ८५ लाखको मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल एक्शन प्लान अन फिजिकल एक्टिभिटी २०१८–२०३०’ मा ५००० वर्ष पुरानो परम्परागत योगको नियमित अभ्यासले गुणस्तरीय स्वास्थ्य जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ । हरेक ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुले दिनहुँ नियमित रुपमा ६० मिनेट योग अभ्यास गर्दा निकै फाइदाजनक पुग्ने उल्लेख छ । तर वयस्कहरूले कम्तिमा पनि सातामा १५० मिनेट सामान्य व्यायाम गर्न जरुरी हुने बताइएको छ । क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले २०३० सम्म नसर्ने रोगहरुबाट हुने एक चौथाइ मृत्युदर गर्न योगको पूर्ण क्षमताको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

योगका प्रकारहरू
शारीरिक व्यायाममा हठ योग र अष्ट योग निकै लोकप्रिय छन् । जसमा धेरै आसन र प्राणायामको व्याख्या गरिएको छ । जसले शरीर र मनलाई शुद्ध बनाउँछ र ध्यानतर्फ डोर्याउछ ।
भागवत् गीतामा १८ प्रकारका योगको व्याख्या गरिएको छ । गीताका १८ अध्यायमध्ये प्रत्येक अध्याय योगमा समर्पित छ ।
योगको व्याख्या विभिन्न उपनिषद्हरूले पनि गरेका छन् । त्यसैले अष्टाङ्ग योग, ज्ञान योग, कर्म योग, भक्ति योग, सन्यासा योग, कुण्डलिनी योग, कर्मसन्यासा योगबारे चर्चा हुने गरेको पाइन्छ । तर अहिले हाम्रो समाजमा जानेको योग आसन भनेको योग हो । यो बिहान र बेलुका घर वा योग पाठशालामा गरिँदै आएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

