जनस्वास्थ्य सरोकार, ललितपुर । बालबालिकाहरुमा हुने एलर्जी तथा दमसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन) को आयोजनामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको अडिटोरियममा सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रम भौतिक उपस्थिति र अनलाइन दुवै रुपमा सञ्चालन भएको थियो । सो अवसरमा अमेरिकाका एलर्जी विशेषज्ञ डा पीके वेदान्तन र डा. विनय मेहताले अनलाइन प्रस्तुति गर्नुभएको थियो ।

प्याइप्सनका अध्यक्ष डा महेशकुमार गौतमले एलर्जी सम्बन्धि समस्या ब्यापक रहेको र जनचेतनाको कमीले रोगको सहि उपचार हुन नसकिरहेको वास्तविकता औल्याउनुभयो ।
एलर्जी सम्बन्धी रोगहरुले मानिसको जीवनमा दीर्घकालीन असर पर्नसक्छ, मानिसको ज्यान नै जान सक्छ भन्ने जनचेतना सर्वसाधारणमा मात्र नभई स्वास्थ्यकर्मीहरुमा पनि न्युन भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले सहि उपचार सेवा प्राप्त गर्न पाऊन् भन्ने उद्देश्यले एलर्जी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको डा. गौतमले स्पष्ट पार्नुभयो ।
सम्मेलनमा नेपाल पेडियाट्रिक एसोसिएसन अफ नेपालका अध्यक्ष डा. गणेश कुमार राई, सोसाइटी अफ डर्माटोलोजी एण्ड भेनेरेलोजिष्ट अफ नेपालकी अध्यक्ष प्रा.डा. सविना भटटराई, आँखा विशेषज्ञ डा. संजिता सिटा्रला, पेडियाट्रिक पल्मोनोलोजिष्ट एवं एलर्जी स्पेशलिष्ट डा. प्रशान्त रिजाल, डा. अमृत घिमिरे, डा. दिपक गुप्ता, डा. सतिस यादवले एलर्जी सम्बन्धि विभिन्न विषयमा प्रस्तुति गर्नुभएको थियो ।

प्याइप्सनका सचिव नाक कान घाँटी रोग विशेषज्ञ डा. चन्दन वरन्वालले कार्यक्रम सफल बनऊन सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै प्याइप्सनले एलर्जी सम्बन्धि जनचेतना अभिमुखिकरण कार्यक्रम मात्र गर्ने नभई एलर्जी रोगहरुको उचित उपचारमा सहयोग गरी नेपाल बाहिर गई उपचार गर्नुपर्ने बाध्यतामा कमी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतो , मेडिकल सुपरिटेन्डेन्ट डा.जयचन्द्र बज्राचार्य, नाक, कान, घाँटी रोग विभागका प्रमुख डा.तोरण केसी लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
