
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निरोगीताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ ।
८औँ अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
योगले पाएको विश्वव्यापी सम्मान, योग र आयुर्वेदको उद्गम भूमि नेपालका लागि अझ उत्साहको विषय रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

सन २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा योग दिवस मनाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो भने १ सय ७० भन्दा बढी राष्ट्रले समर्थन गरेका थिए ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

