
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावर बोक्न भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ ।
जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।
बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।
मेयर महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो ।
स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले भेटरीनरी एम्बुलेन्स सुरु भएपछि बिरामी जनावर बोक्न सजिलो हुने बताउनुभयो । उहाँले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
