
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ।
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि यो टोलीले काम गरिरहेको छ। काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ। बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमूना संकलन गरेको छ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


