
जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले बीमा बापतको रकम भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवावापतको रकम लामो समयदेखि आफूहरुले नपाएको भन्दै अस्पताल सञ्चालकहरुले यही असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गर्ने जनाएका हुन ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मंसिरयता आफ्नो अस्पतालले बीमा कार्यक्रमवापत पाउनुपर्ने ४५ करोडभन्दा बढी रकम रोकिएको बताउनुभयो । रकमका लागि स्वास्थ्य बिमा बोर्डमा ताकेता गरे पनि रकम भुक्तानी नदिएको प्रसाईको भनाई छ ।
यस्तै, नोबेल मेडिकल कलेजका भीमबहादुर चन्दका अनुसार अस्पतालले मंसिरयता ५४ करोड ३८ लाख रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत लिन बाँकी छ।
चन्दले आफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको बताउनुभयो ।
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

