नेभिगेशन

आजदेखि २७ जिल्लाका बालबालिकालाई फाइजर खोप, यी प्रदेशका जिल्लाहरुबाट विद्यालय तहमै उपलब्ध हुने

add final

जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आजदेखि बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर बायोएन्टेक खोप दिन शुरु गरेको छ।

२७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई विद्यालयबाट नै खोप कार्यक्रम शुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो कार्यक्रम असार १५ गतेसम्म पहिलो डोज र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो डोज खोप उपलब्ध गराइने छ ।

खोप दिइने २७ जिल्लाहरु यस प्रकार छन् ।
प्रदेश १ अन्तर्गत झापा, इलाम मोरङ, सुनसरी, मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, वाग्मती प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशअन्तर्गत कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, कर्णाली प्रदेशअन्तर्गत सुर्खेत र सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली कञ्चनपुर र डडेलधुराबाट खोप उपलब्ध हुने छन् ।अन्य ५० जिल्लामा आगामी भर्दौ ५ देखि ११ गतेसम्म पहलिो र दोस्रो डोज भदौ २७ गतेदेखि असोज १ गतेसम्म उपलब्ध गराइनेछ ।

परिवार कल्याण महाशाखाका अनसार, फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी छ ।

खोपको मात्र लगाएपछि टाउको दुख्ने, वान्ता हुने, वाकवाकी लाग्ने, बिमिरा तथा डाबर आउने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने समस्या देखिएपनि यसले कुनै समस्या नपार्ने महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट