
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर १ हजार २३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३३ जनामा र १ हजार २६० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौँमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा १५ जना गरी उपत्यकामा मात्रै २७ जना थपिएका छन्। सोही अवधीमा १२ जना संक्रमणमुक्त भएका छन भने कसैको पनि मृत्यु भएको छैन ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ। जसमध्ये होम आइसोलेसनमा १ सय ६० जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन्। त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


