
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. यादवलाई ट्रमा मेसुको जिम्मेवारी दिनुभएको हो ।
वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
डा यादवलाई ट्रमामा ल्याएसँगै ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. प्रमोद जोशीलाई प्रस्तावित गेटा मेडिकल कलेजको अस्पतालको निर्देशकमा पठाउने भएको छ । क्याबिनेट बैठकले जोशीलाई गेटामा पठाउने प्रस्ताव गरिसकेको छ।
सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजमा निर्माण भइरहेको मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
