जनस्वास्थ्य सरोकार, काठमाडौं । हिमोफिलिया सोसाइटी अफ नेपालको अध्यक्षमा मुकुन्दमणि घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित भएको छ । असार ११ गते काठमाडौंमा सम्पन्न सोसाइटीको २८ औं वार्षिक साधारणसभा एवं १५ औं महाधिवेशनमा घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित हुनुभएको हो

। सोसाइटीको वरिष्ठ उपाध्यक्षमा प्रेम देवाम, उपाध्यक्षमा रामकृष्ण बोगटी, महासचिवमा रेशम रानाभाट, सचिवमा उमेश किशोर महतो र कोषाध्यक्षमा रामचन्द्र खाति निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा भरत खड्का, बुद्धिलाल श्रेष्ठ, कृष्णबहादुर अधिकारी, सन्दिप खत्री, त्रिलोकप्रसाद ठाकुर, लोकन्द्र कार्की, विशाल बेलवासे, विनु गुप्ता र विनय राइ निर्वाचित हुनुभएको छ । साथै स्वास्थ्य विभागको सदस्यहरुमा रमेश लामा, सम्पूर्ण माली, ओमकृष्ण साखकर्मी र रमेश दर्लामी निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले मुलुकभर छरिएर रहेका हिमोफिलियायुक्त व्यक्तिहरुलाई सातै प्रदेशमार्फत स्थानीयतहबाट निःशुल्क औषधि उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरेर हिमोफिलियाको नविनतम औषधि आयातमा पहल गर्ने र मुलुकमा हिमोफिलियायुक्त व्यक्तिहरुको खोजी कार्यलाई निरन्तरता दिने, उनीहरुको पुनस्र्थापनाका लागि आफू खटेर लागिपर्ने बताउनुभयो । हाल मुलुकमा ३ हजार हिमोफिलियायुक्त व्यक्तिहरु भएको अनुमान गरिएपनि हालसम्म ७ सय ८० जनामात्र सोसाइटीको सम्पर्कमा रहेका छन् । बाँकी २ हजार २२० हिमोफिलियायुक्त व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
