
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरभित्र अब ठेलामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुन सक्ने खतरा बढेपछि महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो ।
महानगरको निर्णयसँगै आजैदेखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई हटाउने छन् ।
महानगरले धेरै भिडभाड हुने क्षेत्रमा पानीपुरी बेच्दा प्रदुषित धुलोहरुले स्वास्थ्यमा गम्भिर असर पारीरहेको भन्दै चटपटे बेच्न सधैको लागि रोक लगाउने आन्तरिक तयारी गरीरहेको जनाइएको छ ।
पानीपुरीमा प्रयोग गरिने पानी दूषित र त्यसमा हैजाका जीवाणु मिसिएको हुनसक्ने भएकाले बिक्री वितरणमा रोक लगाइएको हो । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने जनाइएको छ । पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै बिक्री वितरण गर्न दिइनेछ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
