
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

