जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ लाख रुपियाँ सहयोग गरेको छ ।

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गर्नुभएको छ ।
प्रमुख कार्यकारी अधिकृत न्यौपानेले सरकारी स्वास्थ्य संस्थाभन्दा पनि कम मूल्यमा मिर्गौला जाँच गर्ने अभियानबाट प्रभावित भएको भन्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको उल्लेख गर्नुभएको छ । किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले प्राप्त रकम काठमाडौं तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने बताउनुभयो ।

हाल किड्नी केयरले एक सयमा मिर्गौला परीक्षण गर्दै आएको छ ।
हाल मुलुकमा ३ हजार भन्दा व्यक्तिको वर्षेनी मिर्गौला फेल हुने गरेको अनुमान छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

