जनस्वास्थ्य सरोकार, काठमाडौं । रुपन्देहीमा नक्कली औषधिको विक्रिवितरण, प्याकिङ र अधिकतम बिक्री मूल्य प्रिन्ट गर्ने न्युट्रस्युटिकल्सका उत्पादन रहेको नेपाल औषधि उत्पादक संघले स्पष्ट पारेको छ ।

संघले त्यहाँका गोदामहरुमा छापा मार्दा बरामद भउका वस्तुहरु नेपाली औषधि कम्पनिका उत्पादनहरु नभएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक रहेको उल्लेख गरेको छ ।
खाद्यपुरकको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरेर खाद्य पसलबाट नभई औषधि पसलबाट जनतालाई भ्रममा पारेर न्युट्रास्युटिकल्स बिक्री भइरहेकाले यसप्रति सम्बन्धित निकायको ध्यान पुगी ससक्त कारवाी प्रक्रिया अघि बढाउन संघले आग्रह गरेको छ । यसरी अनुमति दिने र बिक्री गर्ने निकाय फरक हुँदा यस प्रकारका विकृति फैलिने गरेको संघको निष्कर्ष छ ।
संघले स्वदेशी औषधि उद्योगले यस्ता औषधि सजिलै उत्पादन गर्ने भएकाले तत्काल उत्पादन गर्ने अनुमति प्रदान गर्नसमेत जोडदार माग गरेको छ ।


नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
