
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औँ तह बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा टंकप्रसाद बराकोटी र डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो। मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।
डा बराकोटी मेची अस्पतालमा कार्यरत हुनुहुन्छ भने डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत हुनुुहुन्छ ।
स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ। सो स्थानमा बढुवा गर्नका लागि गत ६ चैतमै सूचना निकालेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


