जनस्वास्थ्य सरोकार, काठमाडौं । डाक्टर कुट्ने ५ जना प्रहरीलाई विभागीय कारवाही गरिएको छ ।
ललितपुर जिल्लाको कुसुन्तीमा डाक्टरलाई कुटपिट गर्ने ट्राफिक प्रहरीजवान राजेन्द्र थापासहित पाँचजना विभागीय कारबाहीमा परेका हुन् । उनीहरूलाई ललितपुर ट्राफिक प्रहरी कार्यालयबाट बग्गीखानामा सरुवा गरिएको छ ।
थापाविरुद्ध किटानी जाहेरी परेमा थप कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्दीविक्रम शाहले बताउनुभएको छ ।
ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानबाट आफ्नो डिउटी सकेर घर फर्किने क्रमममा प्रहरीको जाँच भइरहँदा टाँसिएर हिँडेको आरोप लगाउँदै प्रहरी जवान थापाले डा. कुलबहादुर घिसिङलाई कुटपिट गरेको जनाइएको छ । डा. घिसिङको अनुहारमा चोट लागेको छ । हाल उहाँको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
