
जनस्वास्थ्य सरोकार । मंगोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ।
त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ।
क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत बिरामीको एक वर्षमा निधन हुने गरेको पनि विवरण छ। अघिल्लो वर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो।
करिब ३४ लाख जनसङ्ख्या रहेको यस मुलुकमा मे महिनादेखि देशव्यापी स्वास्थ्य परीक्षण अभियान चलाइएको छ।
गम्भीर प्रकृतिका रोगबाट धेरै मानिस ग्रसित भएको सूचनाका आधारमा उनीहरूको उपचार तथा न्यूनीकरण गर्ने उद्देश्यले देशव्यापी परीक्षण अभियान चलाइएको अधिकारीहरूले जनाएका छन्। रासस
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


