
जनस्वास्थ्य सरोकार, काभ्रे । अपाङ्ग बाल अस्पताल बनेपा काभ्रेको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडी अस्पताल नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार दुर्घटनामा अस्पतालका महिला कर्मचारीको मृत्यु भएको बताउनु भयो ।
मृत्यु हुनेमा अस्पतालमा कार्यरत ४५ वर्षीय लेख कुमारी बस्नेत रहेको बताइएको छ । बसमा सवार अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचारका पठाईएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
अस्पतालको बसले मोटरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त बस रोड छेउको रुखमा अड्किएकोले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
