जनस्वास्थ्य सरोकार, काठमाडौं । विगत २ दशकदेखि अस्पताल, ल्याब र स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएको काठमाडौंको त्रिपुरेश्वरस्थित ओम् सर्जिकल कन्सर्न र प्रसिद्ध कम्पनी ERBA Mannheim ले नेपालमा २००० भन्दा बढ़ी उपकरण जड़ान गर्न सफल भएको छ ।

ERBA ले urine analysis, clinical chemistry and bacterial identification सम्बन्धी उपकरण उत्पादन र बिक्रीवितरण गर्दै आइरहेको छ ।
सो अवसरमा ओम सर्जिकल र ERBA को संयुक्त आयोजनामा काठमाडौंको मेरियट होटलमा '2000 analyzer installation in Nepal celebration event' गरिएको छ । सो अवसरमा ERBA कम्पनीका उपकरण जड़ान गरेर सो उपकरण मार्फत स्वास्थ्य सेवा दिइरहेका देशभरका प्रतिष्ठित सरकारी र निजी तवरबाट सञ्चालित विभिन्न अस्पताल, स्वास्थ्य संस्था र ल्यावका प्रमुख र प्रतिनिधिको सहभागित रहेको थियो ।
कम्पनीका Global Product manager को उपस्थिति रहेको सो कार्यक्रममा उत्कृष्ट काम गरिरहेका विभिन्न अस्पताल, डाक्टर, ल्याब र ओम् सर्जिकल कन्सर्नका व्यापारिक साझेदारी संस्थाहरू लाई सम्मान गरियो ।

पूर्णस्वचालित (Fully Automated) र अर्ध स्वचालित (Semi Automated) प्रविधिमा उपलब्ध हुने ERBA का उपकरण १ लाख ५० हजार देखि ४० लाख रुपयाँ सम्मको मूल्यका रहेका छन् ।
ERBA का उपकरणहरू रगत र पिसाब नमुना जाँच मार्फत बिभिन्न रोगको परिक्षण गर्न अत्यन्तै भरपर्दो मानिने ओम सर्जिकल कन्सर्नका प्रवन्ध निर्देशक डा. आर.एस. भण्डारी बताउनुहुन्छ ।
संयुक्त राज्य अमेरिका, ल्याटिन अमेकिार, युरोप, अफ्रिका, मिडल इष्ट, भारत, चीन, दक्षिण पूर्वी एसिया र फार इष्टलगायत संसारभरका ६० भन्दा बढी देश र भु—भागमा बिगत ५० वर्ष भन्दा बढी समय देखी स्वास्थ्य उपकरण उत्पादन र बिक्री गर्दै आइ रहेको प्रसिद्ध कम्पनी Erba Mannheim को सन् २००८ देखि नेपालको लागी ओम सर्जिकल कन्सर्न एक मात्र आधिकारिक विक्रेता हो ।
२ दशकको अवधिमा ओम् सर्जिकल गुणस्तरीय उपकरण , प्रभावकारी प्राविधिक सहयोग र अबिछिन्न आपूर्ति मार्फत आफूलाई IVD क्षेत्रको उपकरण प्रदायक अब्बल संस्था साबित गर्न सफल भएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

