
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा दर्ता नभएका या अनुमति नदिएका कुनै पनि खोप या औषधिलाई आपतकालीन रुपमा प्रयोग नगरिने बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले डब्लुएचओले अनुमति नदिएका कुनै पनि खोपलाई आपतकालीन रुपमा प्रयोग नगरिने बताउनुभएको हो ।
उहाँले सम्बन्धित मुलुकले परीक्षण गरी नियामक निकायले दर्ता गरेकालाई मात्रै प्रयोग गरिएकाले यसबाट क्षति हुन्छ भन्ने त्रास लिन नपर्ने बताउनुभयो ।
उहाँले डब्लुएचओले सूचीकृत गरेका, सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका र आपतकालीन प्रयोगको अनुमति दिएका औषधि तथा खोपलाई नेपालमा दर्ता गरी तिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने प्रयोजनका लागि औषधि ऐन ल्याइएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२
'म पनि सन्जिव तिवारी' अभियानमा चिकित्सकको साथः अवहेलनाको मुद्दामाथि चिकित्सा क्षेत्रको चासो
शुक्रबार, असार २०, २०८२
यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिवलाई उच्च अदालतको कारण देखाउ आदेश
बिहीबार, असार १९, २०८२
असार १५ को दही चिउरा: संस्कार, श्रम र स्वास्थ्यको स्वाद
आइतबार, असार १५, २०८२ट्रेन्डिङ