
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा दर्ता नभएका या अनुमति नदिएका कुनै पनि खोप या औषधिलाई आपतकालीन रुपमा प्रयोग नगरिने बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले डब्लुएचओले अनुमति नदिएका कुनै पनि खोपलाई आपतकालीन रुपमा प्रयोग नगरिने बताउनुभएको हो ।
उहाँले सम्बन्धित मुलुकले परीक्षण गरी नियामक निकायले दर्ता गरेकालाई मात्रै प्रयोग गरिएकाले यसबाट क्षति हुन्छ भन्ने त्रास लिन नपर्ने बताउनुभयो ।
उहाँले डब्लुएचओले सूचीकृत गरेका, सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका र आपतकालीन प्रयोगको अनुमति दिएका औषधि तथा खोपलाई नेपालमा दर्ता गरी तिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने प्रयोजनका लागि औषधि ऐन ल्याइएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


