
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलो पटक कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए पोइन्ट फाइभ’ पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा असार १६ गते गरिएको एक जना संक्रमितको जिन सिक्विनिङमा ‘बीए पोइन्ट फाइभ’ भेटिएको हो ।
अफ्रिकामा भेटिएको यो प्रजाति अहिले बेलायत, जर्मनी र अमेरिकामा फैलिएको छ ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यद्यपि, यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।
यो प्रजातिको संक्रमणमा अहिले आएका भ्याक्सिनले काम नगर्ने या भ्याक्सिनको प्रभावकारिता नहुने भन्ने अनुमान गरिएको भएपनि ठोस प्रमाण फेला परिसकेको छैन ।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार ४४ जना कोरोना संक्रमित थपिएका थिए ।
प्रकाशित मिति: आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



