
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलो पटक कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए पोइन्ट फाइभ’ पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा असार १६ गते गरिएको एक जना संक्रमितको जिन सिक्विनिङमा ‘बीए पोइन्ट फाइभ’ भेटिएको हो ।
अफ्रिकामा भेटिएको यो प्रजाति अहिले बेलायत, जर्मनी र अमेरिकामा फैलिएको छ ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यद्यपि, यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।
यो प्रजातिको संक्रमणमा अहिले आएका भ्याक्सिनले काम नगर्ने या भ्याक्सिनको प्रभावकारिता नहुने भन्ने अनुमान गरिएको भएपनि ठोस प्रमाण फेला परिसकेको छैन ।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार ४४ जना कोरोना संक्रमित थपिएका थिए ।
प्रकाशित मिति: आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

