जनस्वास्थ्य सरोकार काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र देखाएर निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएको छ।
सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहअन्तर्गत सो सुविधा मिलाइएको हो ।

स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार शुभारम्भ गनुृभयो । यसका लागि कोषले काठमाडौं र काठमाडौं बाहिर गरी १२६ वटा अस्पतालसँग सम्झौता गरेकोमा हाल २६ वटा अस्पतालहरुबाट स्वचालित विद्युतीय प्रणाली सेवा शुरु गरेको जनाएको छ । कोषको सुचना प्रविधि प्रणालीमा आवद्धतासँगै अन्य अस्पतालहरुको सूचि कोषको वेवसाइट धधध।कका।नयख।लउ मार्फत अध्यावधिक गर्दै लगिने कोषले जनाएको छ ।
कोषले परीक्षणकालमा योगदानकर्ताले औषधि उपचार गराएकै दिन सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गर्न थालिसकेको बताएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली शुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आवद्ध श्रमिकहरूले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुर्पर्थ्यो ।
यो सँगै उपचारका लागि ठूलो रकमको जोहो गर्नुनपर्ने र शोधभर्नाका लागि कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य भएको उल्लेख छ ।
कोषले सञ्चालन गर्ने सुविधाहरूमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजनासँग सम्बन्धित रहेका छन् । योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिएका स्वास्थ्य संस्थाहरुबाट प्राप्त गर्न सकिने छ । कोषसँग आबद्ध भई स्वास्थ्य सुविधा योजना प्रदान गर्ने अस्पतालहरूको नामावाली यस प्रकार छ ।



नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
