
जनस्वास्थ्य सरोकार, विराटनगर । कोसी अस्पतालमा डाक्टर नभेटिने विषय लामो समयदेखि उठ्दै आएको छ । लामो समयदेखिको समस्याको रूपमा डाक्टर समयमा नबस्ने बारेमा समस्या समाधान गर्न अस्पताल प्रशासन कडा रूपमा प्रस्तुत भएको छ ।
समयमा चिकित्सक नभेटिएपछि कोसी अस्पतालले कारबाहीको लागि जिल्ला प्रशासनलाई पत्र समेत काटेको छ । निर्धारित समयमा अस्पताल मै रहेर काम गर्नुपर्नेमा बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा गएर उपचारलाई अस्तव्यस्त बनाउन थालेको गुनासोका आधारमा अस्पताल प्रशासनले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।
नागरिकका गुनासाका आधारमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले त्यस्ता डाक्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित रूपमा आग्रह गरेका छन् । सरकारी अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय अस्पताल प्रशासन सक्रिय भएर लागेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङलाई कारबाहीको पत्र लेख्दै निजी क्लिनिकमा फेला परे कारबाही गर्न भनेका छन् । कोसी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखेर अस्पतालबाहिर निजी क्लिनिक सञ्चालनदेखि उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको लागि अनुरोध गरिएको छ, अस्पताल प्रशासनले भनेको छ ।
नागरिकको सेवामा लाग्नु पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी निजी क्लिनिकमा काम गर्ने क्रमलाई रोक्नको लागि उनीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको अस्पताल प्रशासनले जनाएको छ । यस बारेको पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाई पनि दिइएको छ ।
सर्वसाधारणको उपचारमा अत्यधिक भिडभाड हुने अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय समयमा समेत बाहिर भेटिन थालेको जनकुगानाका आधारमा अस्पताल प्रशासनले कारबाही प्रक्रियालाई अघि बढाएको हो । डा. खरेलले दलहरूको बिचमा भएको संवादको क्रममा अस्पताल सुधारको लागि आफू जस्तोसुकै हालतमा तयार रहेको बताउनुभएको थियो ।
उहाँल अस्पतालको सुधारका लागि धेरै काम गर्न बाँकी रहेकोले ती विषयमा निरन्तर काम हुँदै जाने बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
