जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले विध म्यानेजमेन्ट प्रा.लि.का सञ्चालकविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कारण माग गरेको छ।
विध म्यानेजमेन्ट प्रा.लि.ले उत्पे्रषणको माग गर्दै दायर गरेको रिटमा सार्वजनिक पदमा बहाल रही राजीनामा दिई व्यापारमा लागेको अवस्थामा कम्पनीको कारोबार नै रोक्का हुनेगरी दायर भएको मुद्दा सम्बन्धमा उक्त कारण देखाउ आदेश जारी गरेको हो। तर सर्वोच्चले आन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विध म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण माग गर्दै १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।


प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

