जनस्वास्थ्य सरोकार, काठमाडौं । काटमाडौंको कमलपोखरीस्थित गायत्री इन्टरनेशनलले मांशपेशी दुखाइको लागि हर्बल ट्रान्सडर्मल Viopatch नेपाली बजारमा ल्याएको छ । यो कुनै पनि प्रकारको मांसपेशी दुखाईको लागि प्रयोग हुने प्याच हो ।

Viopatch ले तपाईँको मांसपेशीदुखाइलाई झन्झट रहित निको पार्न सहयोग गर्दछ । Viopatch आफ्नो प्रकारको पहिलो ट्रान्सडर्मल प्याचहो जसले छाला मार्फत दुखाईको भागमा औषधि पठाउँछ जसले गर्दा औषधिको अधिकांश मात्रा दुखाई भएको ठाउँमा पुगेर अधिकतम राहत प्रदान गर्दछ ।
Viopatch गन्धपुरा तेल, मन्थोल,कपूर,युकलिप्टस तेल र लौंग तेल गरी पाँच प्रकारका शक्तिशाली प्राकृतिक पीडा निवारकको मिश्रणबाट तयार गरिएको छ ।
चोटपटक वा तनावको कारणले गर्दा हुने ढाँड दुखाईका लागि Viopatch प्रयोग गर्दा रक्तसञ्चारमा सुधार ल्याउँछ र स्नायु शान्त बनाउँछ जसले गर्दा दुखाईमा तत्काल र दीर्घकालीन रुपमा राहत प्रदान गर्दछ ।
“Cervical Spondylosis” ले गर्दा हुने घाँटी दुखाई, लामो समयसम्म बस्दा हुने मर्काई वा दुखाईमा,Viopatch को प्रयोगले घाँटी दुखाईमा तुरुन्तै राहत प्रदान गर्दछ । प्याचको स्ट्रेचेबल र लचिलो डिजाइनले घाँटीको चालमा कुनै असर गर्दैन र घाँटीबाट काँधसम्म आरामदायी अनूभूति दिन्छ ।
व्यस्त जीवनशैली वा चोटपटकबाट हुने सबै प्रकारको मांसपेशी दुखाईबाट ग्रसित मानिसहरुमा Viopatch को प्रयोगले मांसपेशी दुखाईँलाई छिटो निको पार्दछ र लगाएको भागमा रक्तसञ्चारमासमेत सुधार ल्याउँछ ।

बोक्न सजिलो, प्रयोग गर्न सजिलो
यो प्याच तपाईँको खल्तीमा राख्न सकिन्छ र आवश्यक परेको अवस्थामा शरीरको कुनै पनि भागमा सजिलै प्रयोग गर्न सकिन्छ ।
प्याच प्रयोग गर्न धेरै सजिलो
यस प्याचको ब्याकिङ प्रोटेक्टिभ ट्रान्सप्यारेन्ट फिल्मको बीचमा एस आकारको कट हुन्छ जुन प्रयोग गर्नअगाडि निकाल्नुपर्छ । त्यस पछि प्याच शरीरको धेर ैदुखाई भएको भागमा ब्यान्ड ऐड जसरी लगाउन सकिन्छ । यसरी प्याच लगाएको १२ देखि २४ घण्टाको बीच यसलाई झिक्न सकिन्छ । प्याच शरीरको धेरै रौँ भएको ठाउँमा लगाएमा तातो पानीको प्रयोग गरी झिक्न सकिन्छ ।
औषधिको प्रभाव निरन्तर रुपमा १२ घण्टासम्म रहिरहने
एकपटक प्याच लगाइसकेपछि यसले ५ मिनेटभित्र औषधि छाला मार्फत गर्इ दुखाई भएको ठाउँमा पुगी निरन्तर १२ घण्टासम्म काम गर्दछ जसले गर्दा तत्काल र दीर्घकालीन रुपमा राहत प्रदान गर्दछ ।

झन्झटरहित, गन्द रहित र चिल्लो रहित
Viopatch झन्झटरहित, गन्दरहित, चिल्लोरहित वाटर प्रुफ प्याच हो जुनकुनै पनि समय जहाँपनि प्रयोग गर्न सकिन्छ । यो प्याच प्रयोग गर्न सजिलो छ र कुन ैपनि किसिमको मसाजको आवश्यकता पर्दैन । यो प्याच छाला अनुकुल बनेको छ जसको प्रयोग पश्चात् छालामा कुनै पनि किसिमको नकारात्मक असर पर्दैन ।
शत्प्रतिशत हर्बल – कुनै साइड इफेक्ट छैन
दुखाईको लागि मुखबाट खाने औषधिको धेरै नकारात्मक असर हुन्छन् जस्तै एसिडिटी, कलेजो/मृगौलामा क्षति हुन्छ तर Viopatch क्लिनिकल परीक्षण गरिएको छ जसले गर्दा यसको प्रयोग शत्प्रतिशत सुरक्षित छ र हानिकारक रसायन रहित छ । Viopatch को प्रयोगले पाचन प्रणालीमा कुनै असर नगर्ने हुँदा यसको कुनै नकारात्मक असर छैन ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
