
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उहाँको निधन भएको जनाएको छ ।
जापानको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उहाँमाथि पछाडिबाट गोली प्रहार भएको थियो । उहाँलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरी उपचार गरिएको थियो ।
जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिन्जो त्यहाँ प्रचारप्रसारका लागि जानुभएको थियो । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) सँग आवद्ध हुनुहुन्थ्यो । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री् हुनुहुन्थ्यो । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री हुनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

