
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ ।
सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्ग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको सङ्ग्रह गरिने छ । सङ्ग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ ।
नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रो स्कोपलगायत सामग्री सङ्ग्रहालयमा राखिने सङ्घका अध्यक्ष डा.लोचन कार्कीले बताउनुभयो । स्वास्थ्य सम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको सङ्घले जनाएको छ ।रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
