
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै देखिएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ हरेक दिन संक्रमितहरु बढ्दै छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ हरेक दिनजसो संक्रमितहरु बढ्दै गएका छन् ।
भारतमा पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्यु पनि भएको छ । कोभिडबाट नै मृत्यु भएपछि यहाँ केही दिनयता त्रास बढेको छ । यहाँ कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ ।
भारतको यो बृद्धिले यता नेपालमा भने त्रास बढाएको छ । नेपालको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको तथ्यांकमा पनि केही महिना पछि नेपालमा हिजो मात्र ११९ जनामा संक्रमण भएको देखिएको थियो । एकै दिन यो संख्या धेरै पछिको पहिलो हो ।
उता भारतीय सीमा नाकाहरुबाट नेपाल भित्रिने नागरिकहरुमा पनि संक्रमितहरु बढ्दै गएको देखिएको । यसअघिका कोरोना भाइरसका सबै लहरमा पनि भारतबाट नै संक्रमण भित्रिएको अनुभव हामीले देखेकाले यतिखेर पनि भारतमा संक्रमण बढ्दै जाँदा त्यसको प्रभाव यहाँ पनि पर्नसक्ने देखिएको छ ।
नेपालमा पनि दिनहुँ एक सयभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेकाले यहाँ पनि त्रास बढेको बताइएको छ । यहाँ कोरोनाको अर्को लहर आउन नदिन सरकारले केही तयारीहरु थालेको पाइएको पनि बताइएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

