
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले दाङका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नुभएको छ ।
स्वास्थ्य राज्य मन्त्री केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशीक अस्पताल, लमहि अस्पताल र प्रादेशीक आयुर्वेद चिकित्सालय विजौरीको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले स्वास्थ्य संस्थाको सुदृढिकरणका लागि पहल थाल्ने बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण पछि स्वास्थ्य राज्य मन्त्री केसीले प्रतिष्ठानलाई थप व्यवस्थीत गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिष्ठान दाङको इज्जत प्रतिष्ठासँग जोडिएको विषय हो । प्रतिष्ठानका लागि केन्द्र सरकारबाट पूर्ण सहयोग हुन्छ । ’
प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानको समग्र अवस्था र योजनाबारे जानकारी गराउनुभएको थियो । प्रतिष्ठानमा दैनिक छ सय विरामीले उपचार सेवा लिने गरेको प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


