जनस्वास्थ्य सरोकार, काठमाडौं । निजामति कर्मचारी अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानबीच सेवा आदानप्रदानसम्बन्धि सहकार्य गर्ने सम्झौता भएको छ ।
आँखा सेवालाई थप सहजीकरण गर्न सो सम्झौता भएको हो ।

निजामति कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा निजामति कर्मचारी अस्पतालको आँखा सेवालाई थप व्यवस्थित गर्न तिलगंगा आँखा प्रतिष्ठानबाट प्राविधिक सहयोग लिने, तिलगंगा आँखा प्रतिष्ठानमा नभएका अनुसन्धानात्मक सेवाहरु निजामति कर्मचारी अस्पतालले उपलब्ध गराउने, एक अर्काबीच शैक्षिक कार्यक्रम, अनुसन्धान, तालिम आदानप्रदान गर्ने सहमति पत्रमा उल्लेख छ ।
निजामति कर्मचारी अस्पतालमा अब मोतिविन्दुको शल्यक्रिया गर्न आवश्यक पूर्वाधारको व्यवस्था मिलाइने कार्यकारी निर्देशक डा पौडेलले बताउनुभयो । हाल अस्पतालमा दैनिक करिब ७ जना मोतिविन्दुका शल्यक्रिया गर्नुपर्ने बिरामी आउने गरेका छन् ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
