
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बाराहीमा ७ करोड रुपियाँ लगानीमा ‘क’ वर्गको अत्याधुनिक एपोलो डायग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । यो क्लिनिकल प्याथोलोजी ल्याव हो । मेडिकल र नन् मेडिकल गरी ९ जनाको लगानी रहेको सो सेन्टर भर्खर मात्र सञ्चालनमा आएको हो । सेन्टरले होम कलेक्सन र डेलिभरीको समेत व्यवस्था गरेको छ । यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।
सेन्टरका प्रबन्ध निर्देशक विनोद रेग्मीका अनुसार, गुणस्तरमा विशेष जोड दिइएको छ । सेन्टरमा दक्ष प्राविधिक जनशक्ति र उच्च श्रेणीका उपकरण रहेका छन् । परीक्षण सेवा विश्वसनीय छ । क्लिनिकमा आउने बिरामीहरुलाई आत्मीय व्यवहार हुने गर्छ ।
‘नेपालमा पहिलेदेखि नै प्रयोगशालापिच्छे फरक रिपोर्ट आउने घटना बारम्बार सुनिन्थ्यो । दुर्लभ रोगको परीक्षण गर्न विदेश जानुपर्ने बाद्यता थियो । कतिपय प्रयोगशालाले समयमै ल्याव रिपोर्ट नदिँदा बिरामीको स्वास्थ्यमा प्रतिकुल असर परेका घटनाहरु बाहिर आउँथे ।

यसबाट ल्याव परीक्षणका लागि विदेश पठाउनुपर्ने बाद्यता अन्त्य गर्नसके बिरामीको समय र पैसा दुबै बचत हुने कुन मनमा सधैँ खड्किरहन्थ्यो’—प्रबन्ध निर्देशक रेग्मी भन्नुहुन्छ—‘यसरी उपकरण, गुणस्तरीयता र प्राविधिक टिमसँग कुनै सम्झौता नगरी विश्वसनीय प्रयोगशाला ल्याउन सफल भएकोमा निकै खुशी छौं ।’
सेन्टरले नमुना परीक्षणका लागि प्रतिस्पर्धी न्युनतम शुल्क निर्धारण गरेको छ । ल्याव विशेषज्ञहरुले बिरामीको समस्यासम्बन्धि भरपर्दो परामर्श सेवा उपलव्ध गराउनुहुन्छ ।
सेवाग्राहीले सिधै वेव साइट, भाइबर र ह्वाट्सएपबाट सम्पर्क गर्न सक्ने व्यवस्था छ । साथै हटलाइन नम्बरमा फोन गरेर रिपोर्ट मगाउन सकिने प्रबन्ध निर्देशक रेग्मीले जानकारी दिनुभयो ।
सरकारले मेडिकल उपकरण खरिदमा लाग्ने भन्सार शुल्कमा छुट दिएमा सेवाग्राहीलाई अझ सस्तोमा सेवा उपलब्ध गराउन सकिने प्रबन्ध निर्देशक रेग्मीको विश्वास रहेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

