
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वर्षा कोइराला भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा अस्पताल व्यवस्थापक हुनुहुन्छ । हस्पिटल म्यानेज्मेन्ट अध्ययन पुरा गरिसकेपछि आफ्नै क्षमताले जागिर शुरु गर्नुभयो । राजिवगान्दी युनिभर्सिटीअन्तर्गतको अल्भास कलेजबाट सन् २०१३ मा अस्पताल प्रशासन विषयमा अध्ययन पूरा गरिसकेपछि उहाँले आफ्नै क्षमताबाट प्रतिस्पर्धामा छनौट भएर विभिन्न ठाउँमा काम गर्दै आउनुभएको छ । शुरुका दिनदेखि नै उहाँले अस्पताल प्रशासक भएर काम गर्नुभयो । वर्षाले शुरुमा लायन्स आँखा अस्पतालमा प्रशासक भएर काम गर्नुभएको थियो । उहाँ नेपाल हेल्थकेयर म्यानेजर एसोसिएसनको कार्यकारी सदस्य पनि हुनुहुन्छ ।
वर्षाको हरेक दिन पूर्णकालीन समय अस्पताल व्यवस्थापनमा बित्छ । बिहानको आंशिक समयमा हेल्केयर म्यानेज्मेन्टभित्रका विषय अध्यापन गराउनुहुन्छ । आजकल हेल्थ केयर सर्भिस मार्केटिङ अध्यापन गराइरहनुभएको छ । यसमा प्रोडक्ट भन्दा पनि सर्भिसलाई बढी प्राथमिकतामा राखिएको हुन्छ । साथै हस्पिटलको ब्रान्डिङ प्रोमोसन, अवार्नेस क्याम्पियनहरु सबै पर्छन् । एउटा महिला भएपछि घर परिवारलाई पनि समय दिनुपर्छ ।
बिहानको समय अध्यापनमा व्यस्त हुने र दिउँसो अस्पताल सम्हाल्नुपर्ने भएकाले हामीले सोध्यौं— ‘यी सबै कुरालाई कसरी व्यवस्थापन गर्नुभएको छ ?’ प्रश्नको जवाफमा भन्नुभयो—‘इच्छाशक्ति र तत्परताको भूमिका महत्वपूर्ण हुने रहेछ । हस्पिटल र घर दुवैको व्यवस्थापन गर्नसक्नु पनि एउटा खुवी नै हो । दुवैलाई सम्हाल्न सफल छु । दुवै ठाउँको समस्या समाधान गर्नु नै मेरो कर्तव्य हो ।’
हस्पिटल संवेदनशील र डेलिकेट एरिया भएकाले हरेक जनशक्तिसँग कम्युनिकेसन र लिडरसिप मोटिभेसन महत्वपूर्ण हुन्छ । यसमा बिजनेस ओरियन्टेड र सर्भिस ओरियन्टेड दुवै कुरा पर्छन् । वर्षा भन्नुहुन्छ—‘त्यसैले कम्युनिकेसन कहाँबाट शुरु गर्ने भन्ने ख्याल गर्नुपर्छ ।’ जस्तोः उपचारका लागि आउने बिरामीले सेवा सुविधालाई कुन रुपमा लिएका छन् भन्ने कुरा कम्युनिकेसनबाट थाहा हुन्छ । यसबारे अस्पताल प्रशासक सचेत हुनुपर्छ । यसमा हस्पिटलको ह्यूमन रिसोर्स म्यानेजमेन्टका कुरा जोडिएका हुन्छन् ।

अस्पतालका स्टाफहरुले बोलेका टेक्निकल भाषा कतिपय बिरामीहरुले बुझ्न सक्दैनन् । सोध्न पनि संकोच मानिरहेका हुन्छन् । त्यसैले बिरामीले बुझ्ने गरी सामान्य भाषाको प्रयोग गर्नुपर्छ । सकेसम्म प्राविधिक भाषाको प्रयोग कम गर्नुपर्छ । नबुझेको कुरा सरल भाषामा बुझाइदिनुपर्छ ।
बिरामीलाई सेवा लिन दवाव दिन हुँदैन । अस्पतालमा कस्टोमर केयर तथा पव्लिक रिलेसनको व्यवस्था छ । अस्पताल व्यवस्थापकको काम स्थापित हस्पिटल सञ्चालन गर्ने मात्र नभई नयाँ शुरु हुन लागेको अस्पतालहरुको व्यवस्थापनसम्बन्धि पनि योजना तर्जुमा गर्नुपर्छ ।
काठमाडौं क्यान्सर सेन्टरमा ओपिडीमा जाँच गर्न दैनिक दर्जनौं बिरामी आउने गरेका छन् । क्यान्सरसम्बन्धि बिरामी धेरै सेन्सेटिभ हुने कुराको ख्याल गर्नुपर्ने वर्षाको भनाइ छ । सेन्टरमा रेडियोथेरापीमा लगभग सबै प्याक हुने गर्दछ । सर्भिक्स क्यान्सरका लागि प्रयोग गरिने रेडियोथेरापी प्रविधि ब्राकी थेरापी प्रायः बुकिङ नै हुन्छ ।
अव्वल व्यवस्थापकमा हुनुपर्ने गुण
‘हस्पिटल डेलिकेट ठाउँ भएकाले कस्टोमर केयर अफिरले डिल गर्न नसकेको बिरामीको समस्या म कहाँ आएर टुंगिन्छ । हस्पिटलमा काम गर्ने व्यवस्थापकले इम्प्याथी भन्ने कुरा एकदमै ख्याल गर्नुपर्छ । सिम्प्याथी देखाउनुको कुनै अर्थ हुँदैन ।’—भन्नुहुन्छ—‘अस्पताल व्यवस्थापकले बिरामीको समस्या समाधानमा आवश्यकता के हो भनेर इम्प्याथी देखाउनुपर्छ । पेसेन्ट ओरियन्टेड हुनुपर्छ । उपचारका लागि पुगेका बिरामीलाई समस्या आउन दिन हुँदैन ।’
‘यस सेन्टरमा विपन्नलाई दिने उपचार सुविधालाई सहज बनाइदिएका छौं । बीमा पनि कभरेज गरेका छौं । वर्षमा एकपटक विपन्नसम्बन्धि तालिम दिने गरेका छौं । अहिलेसम्म बिरामीलाई असहजता भएको फेला पारेको छैन ।’—वर्षाले भन्नुभयो—हामीले अस्पतालभित्र पारदर्शी कम्प्लेन बक्स राखेका छौं । यो म संकलन गर्छु ।’
वर्षाको घर जनकपुर हो । वुवा कृषिमा सरकारी जागिरे भएकाले विभिन्न ठाउँमा सरुवा हुने क्रममा पछिल्लो समय चितवनको रामपुर क्याम्पसबाट वर्षाले २०५९ सालमा एसएलसी पास गर्नुभयो । जनकपुरको नेशनल एकेडेमी कलेजबाट साइन्समा प्लस टु गरेपछि बुवाको टेक्निकल अध्ययन गराउने सोच अनुरुप देहरादुनबाट ल्याव टेक्नोलोजीमा स्नातक गर्नुभयो । तर पछि उहाँले आफ्नो चाहनाअनुसार अस्पताल व्यवस्थापनमा डिग्री गर्न सफल हुनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

