
जनस्वास्थ्य सरोकार, काठमाडौं । लामो समयदेखि नेपाली बजारमा ‘ट्रु डर्मा’ले ३० र ५० एसपिएफ भएको सनस्क्रिन बजारमा ल्याइरहेको छ । यो क्रिम र जेल दुवैमा उपलब्ध छ । सुख्खा छाला लगायत सबै प्रकारको छालाको बनोट भएका व्यक्तिले क्रिम र तेलीय छालाको लागि जेल राम्रो मानिन्छ ।
यो विज्ञानमा आधारित क्रिम भएकाले यसलाई धेरैले रूचाएका छन् । त्यसैले यो सनस्क्रिन लगाएर तपाईं दिनभर घाममा घुम्न सक्नुहुन्छ । यो सनस्क्रिनले सूर्यको परावैगनी किरणबाट जोगाउँछ भने तपाईंको छालालाई लामो समयसम्म ओसिलो (मोइस्चराइज) अवस्थामा राख्छ । साथै यसले तपाईंको छालाको कोलाजेनलाई जोगाउने र एलर्जीको जोखिम कम गर्छ । एकपटक लगाउन शुरु गरेपछि छोडन् सकिदैन । नेपाललगायत भारतमा राम्रो माग रहेको छ । अहिले ग्लो फेसवास र सनस्क्रिन निकै पपुलर छ ।
बिहानको सूर्यको किरण स्वास्थ्यका लागि उपयोगी मानिन्छ । बिहान ७ बजेदेखि ९ बजेसम्मको सूर्यको किरणले शरीरमा भिटामिन ‘डी’ उत्पादन गर्न मद्दत गर्छ । बिहान १० बजेपछि सूर्यको किरण स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो बेलादेखि सूर्यले अल्ट्राभायलेट रे (परावैंगनी विकिरण) निकाल्न थाल्छ । यसले मेलोनोमा र नन मेलानोमाजस्ता छालाको क्यान्सर, कम उमेरमा नै बुढ्यौली, मोतिविन्दुलगायत आँखासम्बन्धी समस्या र छालाको प्रतिरक्षा प्रणाली कमजोरलगायतका विभिन्न जोखिम बढाउँछ । पराबैंगनी विकिरणको अत्यधिक एक्सपोजरका कारण संयुक्त राज्य अमेरिकामा छालाको क्यान्सर सामान्य भइसकेको छ ।
परावैंगनी विकिरणको सबैभन्दा ठूलो स्रोत सूर्य हो । परावैंगनी विकिरण सूर्यको किरणहरूमार्फत् पृथ्वीमा यात्रा गर्दछ ।
त्यसैले अत्यधिक घाममा हिड्ने, काम गर्ने वा रहनुपर्नेे (एक्सपोजर) हुने व्यक्तिले आवश्यकता अनुसार, ३०, ५० र १०० एसपिएफ (सन प्रोटेक्शन फ्याक्टर) सनस्क्रिन लगाउनु राम्रो हुन्छ । गर्मीमा टेनिङ (घामको जलन) बाट बच्न सनस्क्रिन प्रयोग गर्नुपर्छ । तर सही एसपीएफ छनौट गर्न जरूरी हुन्छ ।
तपाईं बिना सुरक्षा घाममा निस्कनुभएमा छाला डढेर कालो हुने सम्भावना रहन्छ । त्यसैले एसपीएफले तपाईंको छालालाई सूर्यको किरणबाट जोगाउन मद्दत गर्छ । सामान्यतया सनस्क्रिनले हाम्रो छालालाई अधिकतम ४ देखि ५ घण्टासम्म सुरक्षा दिन्छ । त्योभन्दा बढीको लागि हामीले यसलाई पुनः प्रयोग गर्नुपर्छ । कडा घामबाट जोगाउन कम्तीमा ३० वा ५० एसपीएफ भएको सनस्क्रिनले मात्र काम गर्छ ।
सनस्क्रिन प्रयोगमा लापरवाही गर्नु पनि राम्रो हुँदैन । शरीरको जुनसुकै भागको बाहिरी सतहमा यसलाई हल्का लगाउँदा छालाको राम्रो सुरक्षा हुने र छालाजन्य रोगलाई कम गर्न प्रभावकारी हुनेगर्छ । एसपीएफ १५ भएको सनस्क्रिनले छालालाई ९३ प्रतिशतसम्म यूभी किरणबाट जोगाउँछ । त्यस्तै ३० एसपिएफ सनस्क्रिनले ९७ प्रतिशत, ५० एसपीएफ भएको सनस्क्रिनले ९८ र १०० एसपीएफ भएको सनस्क्रिनले ९९ प्रतिशतसम्म छालालाई सूर्यको पराबैंगनी किरणबाट जोगाउँछ । त्यसैले तपाईंको उपयोगिता अनुसार सनस्क्रिन छनोट गर्नुहोस् । ३० एसपिएफ भएको सनस्क्रिन सबै उमेर र छालाका प्रकारका लागि पनि उपयुक्त मानिन्छ ।
दिनमा एकपटक मात्रै सनस्क्रिन लगाउनु पर्याप्त हुन्छ भनी कतिपयलाई लाग्छ । तर, पटक्कै त्यस्तो होइन । धेरै कडा घाममा सनस्क्रिन छोटो समयमा प्रभावहीन हुन थाल्छ । तसर्थ, यदि तपाईं लामो समयसम्म घर बाहिर हुनुहुन्छ भने, निश्चित रूपमा प्रत्येक २—३ घण्टामा सनस्क्रिन लगाउनुहोस् ।
ट्रु डर्मा भिटा ‘सी’ सीरम

भिटामिन सि सिरम अनुहारमा ह्वाइटिनिङ र योङ्गर्स स्किनका लागि लगाउने सिरम हो । यसले पिग्मेन्टेसनका कारण कालो र फुस्रो भएको अनुहारलाई चमक दिन्छ । साथै मेकअप केमिकलको हानिकारक प्रभावबाट छालालाई बचाउँछ । यसमा सन प्रोटेक्सन फ्याकटर (एसफिएफ) २० हुने भएकाले हानिकारक परावैगनी किरणबाट छालालाई बचाउँछ । यसमा भिटामिन सि पाउडर २० प्रतिशत, हाइलुरोनिक एसिड पाउडर ३ प्रतिशत हुन्छ ।
हाइलुरोनिक एसिडले चाहुरिपन हटाउन मद्धत गर्ने छालाभित्र रहेको बोसोलाई सिन्थेसाइज गर्न मद्धत गर्छ । प्रयोगकर्ताहरुको रिस्पोन्स राम्रो पाइएको छ । भिटामिन सी को कुनै साइड इफेक्ट हुँदैन ।
कपाल झर्ने उपचारका लागि ‘ट्रु गेन’
ट्रु डर्मा एसएले नेपाली बजारमा ल्याएको ट्रु डर्माको ‘ट्रु गेन’ कपाल झर्ने उपचारका लागि उपयुक्त मानिन्छ । यसको प्रयोगले पुरुष र महिलाहरुमा कपाल झर्ने समस्या कम गर्न मद्धत गर्छ ।

ट्रु गेनको प्रयोग कपाल बढाउन प्रयोग हुने भएकाले थप कपाल झर्नबाट जोगाउँछ । यसमा मिनोक्साइडिल र फिनास्टेरोइड सोलुसन प्रयोग गरिएको हुन्छ जुन एफडिएले पनि मान्यता दिएको छ । ट्रु गेन प्रयोग गरेको तीन महिनाबाट राम्रोसँग रिजल्ट देख्न पाइन्छ । यसमा प्रयोगकर्ताको फिडव्याक राम्रो छ । यो लिपिड हेयर रिग्रोथ फर्मुलासँग समृद्ध छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

