जनस्वास्थ्य सरोकार, कान्दाहार। हैजाबाट संक्रमित कम्तीमा १८० जनालाई अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित मिर वाइस अस्पतालमा भर्ना गरिएको बिहीबार अस्पतालका एक चिकित्सकले बताएका छन् ।
चिकित्सक सोर्गुल नौजदीले भन्नुभयो, “यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन् ।”
यस रोगले पहिले छिमेकी हेलमन्ड प्रान्तमा २० जना केटाकेटीको मृत्यु भइसकेको नवजादीले बताउनुभयो ।
हेलमण्ड प्रान्तको बाघरान जिल्लाको गाउँपालिकामा करिब १५० जनामा यो रोग लागेको स्थानीयले बताएका छन् ।
“मौसम धेरै गर्मी छ । हामीसँग स्वच्छ खानेपानी छैन र मलाई लाग्छ स्वच्छ पानीको अभाव हाम्रो क्षेत्रमा रोगको प्रकोपको कारण हुनसक्छ,” शाह वलिकोट जिल्लाका दोस्त मोहम्मदले भन्नुभयो ।
शाह वलिकोट निवासी सामाजिक अगुवा करी अब्दुल्लाहले स्थानीय प्रशासन र मानवीय सहयोगका लागि काम गर्दै आएका संघसंस्थाहरूलाई त्यस क्षेत्रका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग गर्न आह्वान गर्नुभएको छ ।
स्वास्थ्य आधारभूत संरचनाको अभाव, स्वास्थ्य केन्द्रहरूको अभाव तथा गुणस्तरहीन स्वास्थ्य सेवाका साथै अफगानिस्तानका दुर्गम क्षेत्रहरूमा खाने पानीको अभावले गाउँलेहरूलाई यस रोगको सिकार हुनु परेको छ ।सिन्ह्वा
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

