
जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ ।
जसमध्ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये १ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

