जनस्वास्थ्य सरोकार, भक्तपुर । चिकित्सा शिक्षामा ३.६ प्रतिशतले शुल्क वृद्धि भएको छ । राष्ट्रिय चिकित्सा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक, स्नातकोत्तर , स्नातकोत्तरभन्दा माथिका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको हो ।

स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको आयोगका उपसचिव मेघराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको राससले उल्लेख गरेको छ ।
उपत्यकाभित्र एमबिबिएस ४१ लाख ६८ हजार ९०, उपत्यकाबाहिर एमबिबिएस उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२०, विडिएस २० लाख ९२ हजार २९०, बिएस्सी नर्सिङ १० लाख ३६ हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ । यसैगरी बिएस्सी एमआइटी, बिपिटी, बि.मेडिकल माइक्रोलोजी र बि.बायोक्यामेस्ट्री, बिपिएच, बि.फार्मेसी, विपर टेक, बिएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार रुपियाँ तोकिएको छ । यस्तै स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि सात लाख ५७ हजार ८३० रुपियाँ तोकिएको छ ।
स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डिएम र एमचिएचको २५ लाख ९० हजार रुपियाँ शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिनुभएको छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
