
जनस्वास्थ्य सरोकार, काठमाडौ । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९ ८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । सोही घोषणा आजदेखि कार्यान्वयन हुन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
‘टिकट शुल्क नलाग्ने भए पनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले बताउनुभयो ।
यस्तै आजैबाट प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा गएपछि निःशुल्क रगत पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ढकालले बताउनुभयो ।
यसअघि रक्तसञ्चार केन्द्रले एक युनिट रगतको आठ सय रुपैयाँ लिँदै आएको थियो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

