
नौ वर्षको अवधिमा कति वाथरोगीले उपचार सेवा प्राप्त गरे ?
काठमाडौँको रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरले हालसम्म ३ लाख भन्दा बढी बाथ रोगीहरुको उपचार गर्न सफल भएको छ । सेन्टरले ९ वर्षको अवधिमा यति धेरै बाथ रोगीहरुको उपचार गर्न सफल भएको हो । सेन्टर वि.सं २०७० साल जेठ २२ गते स्थापना भएको थियो । यस अवधिमा सेन्टरले देशका ८ स्थानमा शाखा विस्तार गरेर स्थानीय तहमा बाथ रोग उपचार सेवा उपलब्ध गराउन सफल भएको छ ।
चुनौतिलाई कसरी अवसरमा परिणत गराउन सफल हुनुभयो ?
हामीले बाथ रोग सेन्टर स्थापना गर्ने बेलासम्म सर्वसाधारणहरुमा बाथ रोगबारे जनचेतना थिएन । बाथ दीर्घ रोग हो, यो रोग लागेपछि लामो समय औषधि सेवन गर्नुपर्छ र औषधि सेवनले मात्र रोग नियन्त्रणमा राख्न सकिन्छ भन्ने बारे उनीहरुलाई ज्ञान नै थिएन ।
जोर्नी दुखाइमा पेन किलर खाएर निको हुन्छ भन्ने आमसर्वसाधारणको बुझाइ थियो । त्यसैले हामीले स्थापना कालको पाँच वर्ष बाथ रोगबारे जनचेतना अभिबृद्धि गर्ने काम गर्यौँ ।
त्यसैगरी केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका उपचार प्रविधि नभित्र्याउनु अर्को चूनौतिको विषय थियो । कुनै टेक्नोलोजी भित्र्याएर मात्र भएन, त्यसलाई चलाउन दक्ष जनशक्तिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । आफूसँग भएको जनशक्ति ट्रेन गर्नु, अत्याधुनिक अटोइम्युन ल्याव स्थापना गर्नु र गुणस्तरीयतालाई नियन्त्रणमा राख्नु मुख्य चुनौतीका विषय थिए । हामी लामो समय बाथरोगबारे अन्तर्राष्टिय जतगमा भइरहेका अभ्यास र टेक्नोलोजी नेपाल भित्र्याउन सफल भयौं । सम्भवतः इएनए, नेल फर क्याल्पोस्कोपी र मस्कुलोस्केटल अल्ट्रासाउन्ड जस्ता अत्याधुनिक उपकरण नेपाल भित्र्याउने केन्द्र पहिलो संस्था हो । यसरी उपकरण नेपाल भित्रिदा बिरामीलाई उपचारका लागि विदेश धाउनुपर्ने बाद्यताको अन्त्य भएको छ ।
विदेशमा सय रुपियाँ लाग्ने जाँच नेपालमा पचास–साठ्ठी रुपियाँमा सम्भव भएको छ । यसले बिरामीलाई ठूलो आर्थिक सहुलियत प्राप्त भएको छ ।
नेशनल बाथ रोग सेन्टरमा किन आउने ?
नेशनल बाथ रोग सेन्टरमा आइसकेपछि तपाइलाई कुन रोग लाग्यो, उपचार कसरी गर्ने भन्ने बारे सहि जानकारी दिन हामी सक्षम छौँ । बाथ रोगको उपचारका क्रममा कुनै इम्युनोलोजिकल जाँच गर्न परे सबैखाले ल्यावटेस्ट केन्द्रमै उपलब्ध छ । यदि कसैलाई लुपस बाथ भएको अवस्थामा बिटा टु ग्लाइकोप्रोटिन, एन्टीफस्फोलिपिड जस्ता जाँच गर्नुपर्छ ।
हामीसँग बाथ रोगका लागि आवश्यक सबैखालका डायग्नोसिस प्यारामिटरहरु तयारी अवस्थामा छन् । कुनै घटना जटिल हुन गएमा पनि विषम परिस्थितीलाई सम्हाल्न सक्ने दक्ष जनशक्तिको टिम छ । पुर्वाधार तयारी अवस्थामा छन् ।
व्यवस्थापकीय पक्षलाई कसरी चुस्त बनाउनुभएको छ ?
व्यवस्थापन भनेको ‘डे टु डे’ लाइफ हो । किताबमा लेखिएको जस्तो रणनीति र प्रोटोकल हाम्रो जस्तो परिस्थितिमा नचल्दो रहेछ । हामीकहाँ धेरैजसो समस्या संयोगवश आइपर्छन् । बिहान उठेपछि आज जुनसुकै समस्या आएपनि समाधान दिन्छु भनेर आत्मविश्वासका साथ काम गर्नुपर्छ ।
व्यवस्थापकीय भूमिकामा बस्ने मानिसहरु हरपल तयारी अवस्थामा बस्नुपर्छ । पुर्वाधार तयारी गर्नुपर्छ । आफुसँग भएका जनशक्तिलाई ट्रेनिङ दिएर तयारी अवस्थामा राख्नुपर्छ । जनशक्तिलाई निरन्तर सिकाउनुपर्छ । काम गर्ने दौरानमा कमी कमजोरी व्यक्ति वा क्षेत्रबाट हुनसक्छ । यस्ता कमी कमजोरी पहिचान गरी भावी दिनमा नदोहोर्याउन व्यवस्थापकीय पक्षले पहल गर्नुपर्छ ।
साथै सरकारको नीतिलाई पनि मान्नुपर्छ । सरकारको नीति नियमको परिधिमा रहेर उपचारका लागि आउने बिरामीहरुलाई इमान्दारीपूर्वक सेवा गर्न सफल भएका छौं ।
(कक्षपति नेशनल वाथरोग सेन्टरका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
