जनस्वास्थ्य सरोकार, बनेपा । वागमति प्रदेशका सबै माध्यमिक विद्यालयहरुमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्था गरिने भएको छ ।

वागमति प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका १ सय १९ स्थानीय तहका ४५९ माध्यमिक विद्यालयहरुमा एउटा नर्सको व्यवस्था गरिने बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले बताउनुभएको छ । धुलिखेल अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा मन्त्री लामाले सो कुरा बताउनुभएको हो ।
चालू आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा नर्सको व्यवस्था गर्न बजेट विनियोजनसमेत गरिसकिएको छ । स्वास्थ्यमन्त्री लामाले क्यान्सरलगायतका नसर्ने रोगका बिरामीका लागि सङ्घीय सरकारले दिने एक लाख रुपियाँ उपचार खर्चमाथि प्रदेश सरकारको तर्फबाट थप पचास हजार रुपियाँ सहयोग उपलब्ध गराउने, प्रदेश सरकारले रेडक्रस र ब्लड बैङ्कमा उपलब्ध हुने रगतलाई निःशुल्क गरिएको जानकारी दिनुभयो ।
यस वर्षदेखि धुलिखेल अस्पतालले साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’ (आधारभूत जीवन सहायता दिन) का रूपमा मनाउने भएको छ । अस्पतालले २५औँ वर्ष प्रवेशका अवसरमा हरेक वर्ष साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’ का रूपमा मनाउने भएको हो ।
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

