
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा आज (मंगलबार) देखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको थप मात्रा ९बुस्टर० खोप दिइँदै छ ।
काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
आजदेखि साउन ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ । खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
