
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को ५० औं वार्षिकोत्सवका अवसरमा धनुषास्थित जानकी मेडिकल कलेजले ओपीडी लगायतका केही स्वास्थ्य सेवा नि:शुल्क प्रदान गर्ने भएको छ।
मेडिकल कलेजले साउन महिनाभर आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिशाबका बिरामीहरूलाई नि:शुल्क ओपीडी सेवा प्रदान गर्ने भएको हो।
त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु/एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि यो साउन महिनाभरि नि:शुल्क बनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

