
जनस्वास्थ्य सरोकार, पाल्पा । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा अन्तरगतको सम्पूर्ण सेवा स्थगन गर्ने जनाएको छ ।
कलेजले आज एक सूचना जारी गर्दै मङ्गलवार राति १२ बजेदेखि स्वास्थ्य बिमातर्फका सम्पूर्ण सेवाहरू स्थगन गर्ने जनाएको हो ।
नेपाल सरकारले प्रस्तुत गरेको २०७९/०८० को बजेट वक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रममा सरकारी र सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने भनेसँगै सेवा बन्द गरिएको कलेजका प्राचार्य डा। राजु शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
नेपाल सरकारको निर्णयअनुसार नै बीमा तर्फको सेवा बन्द गरिएको जनाउँदै सरकारबाट पुनः निजी संस्थामार्फत सेवा दिने निर्देशन भएमा सेवा सुचारु गर्ने पनि कलेजले जनाएको छ ।
लुम्बिनी मेडिकल कलेज प्रभासले वि।स। २०७३ भदै १ गतेदेखि रेफर सेन्टर र प्रथम बिन्दुका रुपमा रहेर स्वास्थ्य बीमाको सेवा प्रदान गर्दै आएको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

