जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुका लागि शल्यक्रिया गर्न अनिवार्य ‘अक्सिजेनेटर’ उपकरण नभएपछि मंगलबार ४५ जना शल्यक्रिया गर्नुपर्ने बिरामी एकैदिन निकालेर घर पठाइएको छ । मुटुको शल्यक्रिया रोकिएको जानकारी गराएर उनीहरुलाई घर पठाइएको हो ।

केही समयअघि मात्र इटलीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ‘अक्सिजेनेटर’ ल्याउने हस्पिटेक इन्टरप्राइजेजसँग सम्झौता भएको थियो । तर यो आउने कुनै निश्चितता छैन । दैनिक करिब ७ जनाको मुटुको शल्यक्रिया हुँदै आएको केन्द्रले अक्सिजेनेटर मेसिन सकिन लागेको थाहा पाउँदा पाउँदै पनि कोभिडको कारण देखाएर शल्यक्रिया कम हुने भन्दै सामान खरीदमा कुनै चासो देखाएको थिएन । एक महिनाअघि मात्र व्यवस्थापनले सामान खरीद प्रक्रिया अघि बढाएको थियो ।
मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्न अक्सिजेनेटरको जरुरत पर्छ । एक पटकमा एक जनालाई मात्र प्रयोग गर्न मिल्ने यो मेसिनले रगतमा कार्वनडाइडअक्साइडको मात्रा हटाएर अक्सिजन हाल्ने काम गर्छ । यसको मूल्य ४० देखि ५० हजारसम्म रुपियाँ सम्म पर्छ ।
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

