
जनस्वास्थ्य सरोकार, काठमाडौँ । युरोपेली देशहरु उच्च तापक्रम वृद्धिको चपेटामा छन् । जसका कारण तातो हावा र वन डढेलोका घटना बढेका छन् ।
उच्च तापक्रम वृद्धिसँगै चलेको तातो हावाका कारण स्पेन र पोर्चुगलमा मात्रै विगत केही दिनमा १ हजार ५ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
पोर्चुगलमा अत्यधिक उच्च तापक्रमका कारण १ हजार जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । यसै गरी स्पेनमा पनि अत्यधिक गर्मीकै कारण ५ सय जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
गर्मी बढेसँगै जङ्गलमा लागेको डढेलो युरोपभरि फैलिएको छ । बढ्दो गर्मीको लहरले खडेरीको अवस्थालाई झन् तीव्र बनाएको छ ।
फ्रान्स र बेलायतमा तापक्रम वृद्धि केही कम मात्रामा भए पनि ग्रीस, स्पेन र इटालीमा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन हम्मे हम्मे परिरहेको छ ।
विश्वभरका सरकारहरूले कार्वन उत्सर्जनमा ठूलो कटौती नगरेसम्म तापक्रम बढ्दै जाने विज्ञहरुले बताएका छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

